२ जेठमा पार्टी जस्ताको त्यस्तै फर्किन सक्दैन: ओली

२०७८ भाद्र २२, मंगलवार १६:०६

एमाले अध्यक्ष केपी ओलीले २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै फर्किन नसक्ने बताएका छन् ।

मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए । उनले भने, ‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो । २ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’

एमालेमा तेस्रो धारका नेताहरू २ जेठ २०७५ को अवस्थामा फर्किने भनेर माधव कुमार नेपालसमूह छोडेका हुन्  ।

92 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal