मिल्न आए अझै पनि लचिलो छु, पार्टी खोस्न आए ठेगान लगाइन्छ

0 461

केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन अझै पनि लचिलो भएको कुरा जानकारी दिएका छन् । तर यदि कोही पार्टी खोज्न आएको हो भने त्यो कुरा सम्भव नहुने कुराको पनि चेतावनी दिएका छन् ।

बैठकमा ओलीले भने, ‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन म रातोदिन, अहोरात्र खटेको छु । हामी जिम्मेवार र अनुशासित भएकाले हामी यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ ।‘

ओलीले प्रचण्ड र माधव नेपालको कारणले गर्दा पार्टी विभाजन भएको भन्ने आरोप लगाए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरूले आफ्नो महत्त्वाकाङ्क्षा र स्वार्थका कारण हाम्रो पार्टी पुनः विभाजित भयो । विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो, मलाई साधारण सदस्य बाट समेत हटाउने दुस्साहस गर्ने ।’

ओलीको भनाई अनुसार जबसम्म पार्टीमा असन्तुष्ट पक्षहरू हुन्जेल सम्म पार्टी अघि नबढ्ने कुरा दाबी गरेका छन् । ओली भन्छन् त्यस्ता व्यक्तिहरू नेतृत्वमा हाबी हुँदा त्यो पार्टी आकारमा त ठुलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ।

प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढङ्गले लाग्ने, पार्टीकै नेताहरुविरुद्ध विष वमन गने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पङ्क्तिलाई बदनाम गराउने र समाप्त गर्ने हिसाबले लागेका छन् ।’

आफू लचिलो भएर आउँदा पनि अर्को पक्षमा पार्टीलाई एकताबद्ध बनाउने कुनै पहल, महसुस र अनुभूति नदेखिएको ओलीले बैठकमा बताएको एक नेताले जानकारी दिए । उनले भने, ‘पार्टी खोस्ने ढङ्गले कोही आएको हो भने त्यो सम्भव छैन ।’

बालुवाटारमा माधव पक्षका नेताहरूको अनुपस्थितिमा डाकिएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा स्थायी कमिटी गठन, स्पष्टीकरण सोधिएका नेतामाथि अनुशासनको कारबाही, कार्य विभाजन र समसामयिक प्रस्तावमाथि छलफल हुने एजेन्डाहरू तय गरिएका छन् ।

Facebook Comments Box
Leave a comment