नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

२०७८ बैशाख १०, शुक्रबार ०७:४०

वरिष्ठ नेता माधव नेपाल समुहका सांसदको अनूपस्थितिमा नै नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु गरेको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रको जवाफबारे निर्णय हुने नेताहरुले जानकारी दिएका छन् ।यस बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ । आजको वैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कोही पनि उपस्थित छैनन् । नेपाल–खनाल पक्षले यसअघि नै वैठकमा उपस्थित नहुने बताइसकेको थियो ।

166 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal