मेसेन्जरको कमजोरी पता लगाएवापत, पौडेलले पाए सवा लाख नगद

372

पोखराका केदारनाथ पौडेलले फेसबुक मेसेन्जरको कमजोरी पता लगाए वापत १०७० डलर अर्थात् १ लाख २४ हजार ९१४ रुपैया प्राप्त गरेका छन् । सो रकम उनलाई फेसबुकले उपलब्ध गराएका हुन् ।

मेसेन्जरमा आफ्नो प्रिय साथीको उपनाम परिवर्तन गर्दा अन्य जो कोहीलाई सो नोटिफिकेसन जान सक्थ्यो । जसले गर्दा दुईजना बीचको गोप्य कुराकानीमा प्रयोग भएका उपनाम अरुले थाहा पाउँन सक्दथ्यो ।

पौडेल यो समस्या पता लगाइदिएर मेसेन्जरमा हुने गोप्य कुराकानीको गोपनियतालाई बचाउन सकिन्छ ।

Facebook Comments Box