नेपाली काँग्रेसका नेता तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माद्वारा राजिनामा

२०७८ भाद्र १६, बुधबार १८:२५

नेपाली काँग्रेसका नेता तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले पार्टीको दुवै पदबाट राजिनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाको विरोध गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजिनामापत्र बुझाएका हुन् ।

उनले पार्टीको वर्तमान निर्वाचन निर्देशिका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत: निषेध गर्ने मनसायले आएको बताएका छन् । ‘ षड्यन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि  ल्याइएको निर्वाचन निर्देशिका आफूले टुलुटुलु हेर्न नसक्ने ‘ उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

May be an image of text

115 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal